काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रिओपन सेसनमा नेप्से सूचक ३४.७९ विन्दुले बढेको छ । यससँगै सूचक २२३९.४१ अंकमा आएको छ । ६ करोड लाख ८२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९२ कम्पनीको १ लाख ८० हजार ५१ कित्ता सेयर कारोबार भएको छ ।
कुल १८० कम्पनीको मूल्य बढेको छ भने ४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ८ सय ९४ वटा कारोबार भएको हो ।
प्रतिक्रिया दिनुहोस्