Skip to content
Prabhu

१० उद्योगले पाए भारतबाट चिनी आयात गर्न अनुमति

nabil

काठमाडौं । नेपालमा चिनी आयात गर्न भारतबाट कच्चापदार्थका रूपमा १० उद्योगले अनुमति पाएका छन् । यसरी अनुमति पाउने अधिकांश खाद्य उद्योग रहेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारतबाट नेपाललाई चिनी आयातका लागि तोकिएको कोटाबमोजिम चिनी औद्योगिक कच्चा पदार्थका रूपमा प्रयोग गर्ने गरी आयात गर्न इच्छुक उद्योगीसँग आवेदन मागिएको थियो ।

त्यसमध्ये १० उद्योगले अनुमति पाएका छन् । मन्त्रालयका अनुसार ललितपुरको एग्रो थाइ फुड र सुनसरीका गुडलाइफ वेभरेज, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी, क्वालिटी फुड नेपाल प्रालि, क्वालिटी फुड एन्ड स्न्याक्स इन्डस्ट्रिज प्रालि, क्वालिटी कन्फेक्सरी प्रालि र क्वालिटी डाइट एन्ड फुड प्रोडक्सन प्रालिले चिनी आयात गर्ने अनुमति पाएका हुन् ।

त्यस्तै विराटनगरको शिवम डेरी एन्ड फुड इन्ड्रस्ट्रिज प्रालि, झापाको केआरएस भेन्चर्स र पोखराको सुजल फुड्सले चिनी आयात गर्ने अनुमति पाएको मन्त्रालयले जनाएको छ । उद्योग विभागले यी उद्योगलाई यथाशीघ्र विभागमा सम्पर्क गर्नसमेत भनेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal