Skip to content
Prabhu

डब्ल्यूएचओद्वारा मलावीलाई ९० लाख अमेरिकी डलर बराबरको मेडिकल आपूर्ति सहयोग

लिलोङ्वे । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मलावी सरकारलाई देशका सार्वजनिक अस्पताललाई सहयोग गर्न ९० लाख अमेरिकी डलर बराबरको औषधिलगायत विभिन्न चिकित्सा सामग्री सहयोग गरेको छ ।
शुक्रबार लिलोङ्वेमा सहयोग हस्तान्तरण गर्दै मलावीका लागि डब्ल्यूएचओका प्रतिनिधि नीमा किम्बोले मलावीका सार्वजनिक अस्पताल राम्रोसँग व्यवस्थापन भएको र त्यहाँका नागरिकले स्वास्थ्य सेवामा अझ राम्रो पहुँच पाएको हेर्ने डब्ल्यूएचओको चाहना रहेको बताए ।

किमाम्बोले मलावीको स्वास्थ्य प्रणालीको आवश्यकता पूरा गर्न विभिन्न स्रोत उपलब्ध गराएर डब्ल्यूएचओले मलावी सरकारलाई सहयोगलाई जारी राख्नेछ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

मलावीका स्वास्थ्य मन्त्री खुम्बिजे कान्दोडो चिपोन्डाले उक्त सहयोगको प्रशंसा गर्दै देशका सार्वजनिक अस्पतालहरूमा स्वास्थ्य सामग्रीको अभावलाई सम्बोधन गर्न सहयोग पुग्ने बताए।

डब्ल्यूएचओले सन् २०२२ देखि देशको कोभिड–१९ आपतकालीन प्रतिक्रिया र स्वास्थ्य प्रणाली तयारी परियोजनामार्फत मलावीको सरकारलाई अत्यावश्यक औषधि र चिकित्सा आपूर्तिहरू उपलब्ध गराउँदै आएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्