Skip to content
Prabhu

विष्णु पौडेल अर्थमन्त्री हुने हल्लाले नेप्से ५२.९७ अंकले बढ्यो, कारोबार रकम ७ अर्ब ६२ करोड

काठमाडौं ।  नयाँ सरकार गठन प्रक्रिया सुरु भएसँगै विष्णु पौडेल अर्थमन्त्री हुने हल्लाले सेयर बजारमा उछाल आएको हो । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५२.९७ अंकले बढेर २२५७.५९ मा पुगेको हो ।  आज सेन्सेटिभ इण्डेक्स ९.५९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.४८ अंक बढेको छ।

आज ३०९ कम्पनीको २ करोड २० लाख ४७ हजार ३ सय २७ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार ५ सय २० रुपैयाँ ८७ पैसा रुपैयाँ कारोबार भएको छ ।

आज २०१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३६ कम्पनीको सेयर मूल्य घटेको छ र ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज जानकी फाइनान्स कम्पनी लिमटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २४ करोड २७ लाख ५८ हजार ५ सय ७२ रुपैयाँ ५० पैसा कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ८ सय ३१ रुपैयाँ पुगेको छ ।

साथै, आज २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने बलेफी हाइड्रोपावरको सेयर मूल्यमा ५.१२ प्रतिशतले घटेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal