Skip to content
Prabhu

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त, शपथ सोमबार बिहान ११ बजे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

प्रधानमन्त्रीमा नियुक्त ओलीको शपथ भोलि सोमबार बिहान ११ बजेका लागि तयारी गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत नभएपछि शुक्रबार नै संविधानको धारा ७६(२) अनुसार सरकार गठनको आह्वान भएको थियो । नेपाली कांग्रेस र नेकपा एमालले १६६ सांसदको हस्तारसहित शुक्रबार नै दाबी पेस गरेका थिए ।

ओली चौथो कार्यकालका लागि प्रधानमन्त्री बनेका हुन् । उनको शपथ सोमबार हुने राष्ट्रपतिको सचिवालयले जनाएको छ । कांग्रेस र एमालेबीच असार १७ गते नयाँ सरकार गठनको सहमति भएको थियो ।

सोही सहमतिअनुसार पहिलो कार्यकालका लागि ओली प्रधानमन्त्री बनेका हुन् । भोलि नै मन्त्रीहरु पनि नियुक्ति गर्ने तयारी भएको नेताहरु बताउँछन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal