Skip to content
Prabhu

कुलमान घिसिङको विरोधमा उद्योगीहरुले आजदेखि उद्योगमा बिजुली कटौती गर्ने

nabil

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङको विरोधमा उद्योगीहरुले आजदेखि उद्योगमा विजुली कटौती गर्ने घोषणा गरेका छन् ।

प्राधिकरणले विजुली बक्यौता रहेका उद्योगहरुमा विजुली काटेको छ । प्राधिकरणले अर्घाखाँची सिमेन्ट,रिलायन्स स्पिनिङ मिल,जगदम्बा स्टिल लगायतका उद्योगमा विद्युत् कटौती गरेको छ ।

उद्योगीहरुले सरकारले गठन गरेको गिरिसचन्द्र लालको संयोजकत्वको सिफारिस अनुसार कुलमान घिसिङले एकलौटी गरेको आरोप लगाएका छन् । प्राधिकरणले लाल आयोगको सिफारिस अनुसार बक्यौता ततिर्ने उद्योगको विजुली काटिएको जनाएको छ ।

माओवादीसँग नजिक रहेका प्राधिकरणका प्रमुख कुलमानले प्रधानमन्त्रीमा नियुक्त केपी ओली निकट भनेर चिनिएका उद्योगीको उद्योगमा विजुली काटेको चर्चा छ । ओलीले सोमबार प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ लिएपछि विजुली बक्यौता रहेको भनिएका उद्योगीको समस्या समाधान हुने अपेक्षा उद्योगीका छ ।

नवनियुक्त प्रधानमन्त्री ओलीले कुलमानलाई नरुचाउने हुँदा समस्या समाधान हुने अपेक्षा उद्योगीको छ । प्राधिकरणका कर्मचारी भने कुलमान नै हटेपछि ट्रक लाइन र डेडिकेटेट लाइनको समस्या समाधान थप जटिल भएको र यसको अन्तिम निर्णय अब अदालतले मात्र गर्न सक्ने बताउँछन् ।

पीडित तथा प्रताडित उद्योगी समूहको नाममा जारी विज्ञप्तीमा आजदेखि उद्योगहरुमा विद्युत् कटौती हुने उल्लेख छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal