Skip to content

ओली मन्त्रिपरिषद्‌मा नेपाली कांग्रेसबाट आरजु र प्रदीप पौडेलसहित १० जना नयाँ अनुहार

nabil bank
नवनियुक्त मन्त्रीलाई शपथ काठमाडौँ, ३१ असारः राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउँदै । तस्बिरः रत्न श्रेष्ठ÷रासस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको २२ सदस्यीय वर्तमान मन्त्रिपरिषद्‌मा १० नयाँ अनुहार परेका छन् ।

यो मन्त्रिपरिषद्‌मा चौथोपटक प्रधानमन्त्री रहेका ओली, १७ पटक मन्त्री बनेका शरतसिंह भण्डारी, सातचोटिका विष्णु पौडेलसहित पटक–पटक मन्त्री बनेका प्रकाशमान सिंहलगायत १२ पुराना अनुहार पनि छन् ।

नेकपा (एमाले)का तर्फबाट रक्षामन्त्री मानवीर राई, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता नयाँ अनुहार छन् ।

यस्तै, मन्त्रिपरिषद्‌मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गरेका नयाँ अनुहार धेरै छन् । कांग्रेसको संस्थापन पक्षले सिफारिस गरेकामध्ये परराष्ट्रमन्त्री आरजु राणा र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही नयाँ अनुहार हुन् ।

संस्थापनइतर समूहको सिफारिसमा मन्त्री बनेका ४ जना नयाँ अनुहार छन् । कांग्रेस सहमहामन्त्री समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, स्वास्थ्य तथा नजसंख्यामन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी चारैजना नयाँ अनुहार हुन् ।

यस्तै, नेकपा (एमाले)का तर्फबाट रक्षामन्त्री मानवीर राई, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता नयाँ अनुहार छन् ।

मन्त्रिपरिषद्‌मा नयाँ अनुहारको सूची हेर्नोस्–
१. बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
२. प्रदीप पौडेल – स्वास्थ्य तथा जनसंख्या
३. रामनाथ अधिकारी – कृषि तथा पशुपन्छी विकास
४. ऐनबहादुर शाही – वन तथा वातावरण
५. तेजुलाल चौधरी – युवा तथा खेलकुद
६. आरजु राणा – परराष्ट्र
७. मानवीर राई – रक्षा
८. विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि
९. देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात
१०. राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime