Skip to content
Prabhu

भारत २०३१ मै बन्न सक्छ दोस्रो ठूलो अर्थतन्त्र

एजेन्सी । भारत विश्वको सबैभन्दा दोस्रो ठूलो अर्थतन्त्र बन्नका लागि सन् २०४८ सम्म पर्खन आवश्यक नभएको रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)का डेपुटी गभर्नर माइकल पात्राले बताएकका छन् । उनले भारत सन् २०३१ नै यो उपलब्धि हासिल गर्न सक्ने दाबी गरे । साथै सन् २०६० सम्म भारत विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने उनको दाबी छ ।
पात्राले  भने, “भारतले आफ्नो महत्वाकांक्षी लक्ष्यहरू प्राप्त गर्ने संकल्पलाई हेर्दा यो कल्पना गर्न सम्भव छ कि भारत अर्को दशकमा अन्य देशको तुलनामा अर्थतन्त्रमा निकै अगाडि गइसकेको हुनेछ ।”
पात्राले यदि भारत आगामी १० वर्षमा ९.६ प्रतिशतका दरले आर्थिक वृद्धि गर्दै जाने हो भने लोअर मिडिल क्लास इनकमबाट बाहिर निस्कन सक्ने बताए । तर यसको असर प्रतिव्यक्ति आम्दानीमा पनि देखिन आवश्यक रहेको उनको भनाइ छ । उनका अनुसा सन् २०४७ सम्म विकसित देशका लागि प्रतिव्यक्ति आम्दानीको सीमा ३४ हजार अमेरिकी डलर (करिब २८ लाख भारु) सम्म पु¥याउन आवश्यक हुनेछ ।
डेपुटी गभर्नर माइकल पात्राले भारतीय मुद्रालाई अन्तर्राष्ट्रिय बनाउनका लागि लागि पनि म्याक्रो इकोनोमिक नीति र वित्तीय स्थायित्व सकारात्मक दिशामा रहेको तर्क गरे । भारतमा मुद्रास्फीति दरलाई विश्वव्यापी मुद्रास्फीति दरको अनुरूप ल्याउन आवश्यक भएको उनकै बुझाइ छ । जसले भारतीय रुपैयाँको आन्तरिक र बाह्य मूल्यलाई संरक्षित (प्रिजर्भ) गर्न सकियोस् । यसले रुपैयाँको अन्तर्राष्ट्रियकरणको आधार तयार गर्ने र भारतलाई आगामी दिनमा विश्वको आर्थिक पावर हाउसको रूपमा उभ्याउने उनको बुझाइ छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal