Skip to content
Prabhu

डलरको भाउ स्थिर हुँदा अन्य कुनको बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको भाउ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४५ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४६ रुपैयाँ १२ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १७३ रुपैयाँ २९ पैसा छ भने बिक्रीदर १७४ रुपैयाँ ०७ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४९ रुपैयाँ १४ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८१ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४७ पैसा र बिक्रीदर ९० रुपैयाँ ८८ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९८ रुपैयाँ २६ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९० पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८ रुपैयाँ ४८ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १८ रुपैयाँ ४८ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७२ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७४ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३ रुपैयाँ ७१ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४७ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ५६ पैसा र बिक्रीदर २८ रुपैयाँ ६९ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७४ पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १२ रुपैयाँ ७७ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७ रुपैयाँ १६ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ३५ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३३ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal