Skip to content
Prabhu

मधेस प्रदेशः आगामी आवको बजेट सर्वसम्मतिले पारित

जनकपुर । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभाको आइतबारको बैठकमा मुख्यमन्त्री सतिशकुमार सिंहले प्रस्तुत गरेको विनियोजन विधेयक २०८१ सभामुख रामचन्द्र मण्डलले निर्णयार्थ पेस गर्दा सभाको सर्वसम्मतिले पारित भएको हो ।

यही असार १ गते तत्कालीन अर्थमन्त्री भरतप्रसाद साहले प्रदेशसभामा रु. ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार बराबरको बजेट प्रस्तुत गरेका थिए। बजेटमा चालुतर्फ रु. १६ अर्ब सात लाख एक हजार र पुँजीगततर्फ रु. २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार विनियोजन गरिएको छ ।

बजेटमाथि प्रश्न उठाउँदै जनता समाजवादी पार्टी (जसपा) नेपाल लगायतका चार दलले विरोध जनाएपछि बैठक अवरुद्ध हुँदै आएको थियो । आज बिहान बसेको सर्वदलीय बैठकले उच्चस्तरीय छानबिन समिति बनाउने निर्णयपछि बजेटमाथिको छलफल एकै दिनमा सकेर पारित गरिएको छ । छलफलमा २२ जना प्रदेशसभा सदस्यले भाग लिएका थिए।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal