Skip to content
Prabhu

आजसम्म कायम सेयरधनीले आँखुखोला जलविद्युतको हकप्रदमा आवेदन दिन पाउने

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १५० प्रतिशत हकप्रद सेयरमा आज सोमबारसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।

यस कम्पनीले हकप्रद सेयरको लागि साउन १ गते बुक क्लोज गर्दै छ । तसर्थ, आजसम्म कायम सेयरधनीले कम्पनीले जारी गर्न लागेको १५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले १ बराबर १।५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद जारी गर्न लागेको हो । यसले १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्दैछ । हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal