Skip to content
Prabhu

प्रधानमन्त्री ओलीसहित मन्त्रीहरुको शपथ आज, अर्थमा विष्णु पौडेल

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिनेछन् ।

कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली चौथोपटक सरकारको नेतृत्व गर्न लागेका हुन् ।

सोमबार ११ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा प्रधानमन्त्रीसहित मन्त्रीहरुको शपथ  हुने छ । एमालेबाट प्रधानमन्त्री ओली तथा उपप्रधान अर्थमन्त्रीमा विष्णु पौडेलले शपथ लिनेछन् । कांग्रेसबाट सरकारको नेतृत्व प्रकाशमान सिंहले गर्ने छन् । कांग्रेसबाट गृहमन्त्री रमेश लेखक तथा परराष्ट्रमन्त्रीमा आरजु देउवा राणा मन्त्री बन्ने छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal