Skip to content
Prabhu

किस्ताबन्दी होइन,अतिरिक्त महसुल तिर्ने प्रमाण मागेका हौंः पीडित उद्योगी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले वक्यौता महसुल किस्ताबन्दीमा तिर्ने सूचना आज सोमबार प्रकाशित गरेपछि पीडित उद्योगीहरुले प्राधिकरणलाई जवाफ दिएका हुन् । उद्योगीहरुले किस्ताबन्दी सुविधा दिनेसम्बन्धी सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आफूले किस्ताबन्दी होइन, अतिरिक्त महसुल तिर्नुपर्ने प्रमाण मागेको बताएका हुन् ।

२०८१ साल असार ३१ गते नेपाल विद्युत् प्राधिकरणले गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् खपत गरेको बक्यौता महसुल बुझाउन ताकेता विकल्प छ । तर, व्यवसायीहरूले आफूले महसुल तिर्नुपर्ने प्रमाण मागेका हुन् ।

प्राधिकरण सञ्चालक समितिको मिति २०८१ असार २६ गतेको ९७६ औं बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत् उपभोग गरेका उपभोक्ताहरूले प्राधिकरणलाई तिर्नरबुझाउन बाँकी रहेको विद्युत् महसुल अधिकतम २८ मासिक किस्तामा भुक्तानी गर्न सक्ने गरी किस्ताबन्दी सुविधा उपलब्ध गराउने निर्णय पिडित तथा प्रताडित उद्योगीले माग्दै आएको विषयभन्दा फरक भएको जानकारी एक विज्ञप्ति मार्फत गराएका छन् ।

तत्कालीन विद्युत् महसुल निर्धारण आयोगको १०३ औं र १०८ औं बैठकले तोकेका सर्त पुरा हुने गरी नेपाल विद्युत् प्राधिकरणले प्रमाण दिएको हदसम्म सबै महसुल चुक्ता गर्ने विषयमा बारम्बार जानकारी गराउँदा समेत अतिरिक्त महसुल बुझाउनु पर्ने आधार र कारण प्राधिकरणले दिन सकेको उनीहरुको तर्क छ ।

‘लाल आयोगले दिएको सुझाव तथा मन्त्रीपरिषद्ले दिएको निर्देशन अनुसार प्राधिकरणले उद्योगीलाई प्रमाण सहित बिल जारी गरेमा महसुल तिर्न हामी तयार छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘मनोमानी रुपमा कुनै आधार कारण नभई जारी भएको रकम तिर्न दिइएको किस्ताबन्दी सुविधा हास्यास्पद छ ।’

अतिरिक्त महसुल तिर्नुको आधार र कारण जानकारी गराउन आग्रह गर्दा प्राधिकरणले उद्योगहरूमा विद्युत् आपूर्ति बन्द गरेकाले असार ३० गते, आइतबारबाट स्वतःस्फूर्त क्रमशः सबै उद्योगमा बिजुली आपूर्ति कटौती गर्न सुरु गरेको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्राधिकरणलाई प्रमाण सहित बिल जारी गर्न हाम्रो फेरि पनि विनम्र आग्रह छ। र, प्रमाण दिएको हदसम्मको महसुल तिर्न तयार रहेको यस विज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं ।’

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal