Skip to content
Prabhu

सोमबार नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकम ८ अर्ब ७३ करोड

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.१८ अंकले घटेर परिसूचक २२४०.४१ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

सोमबार ३२२ कम्पनीको २ करोड ५० लाख ७९ हजार ७९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३८ रुपैयाँ कारोबार भएको छ । त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ४.०७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६७ अंक घटेको छ।

आज ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने १८४ कम्पनीको सेयर मूल्य घटेको छ र २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।आज अपर तामाकोशी हाइडोपावर लिमटेडको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३७ करोड ८ लाख ७२ हजार ५ सय ८९ रुपैयाँ ६० पैसा कारोबार भएको छ ।

कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ सय ७६ रुपैयाँ पुगेको छ । साथै, आज ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal