Skip to content
Prabhu

नागरिक लगानी कोषले १४ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । नागरिक लगानी कोषले १४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव साधारणसभाबाट पारित भएको छ ।

सभाले आर्थिक बर्ष २०७९/८० को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित १४ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांस स्वीकृत गरेको छ ।

त्यसैगरी आ.व २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । योसँगै लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब ४८ अर्ब १ करोड रुपैयाँ पुगेको छ । उक्त अवधिमा कोषले २ खर्व ३६ अर्ब ८० करोड रुपैयाँ लगानी गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal