Skip to content
Prabhu

ओली सरकारको पहिलो दिनः बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको पहिलो दिन नै पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

आयल निगमले भारतबाट मूल्य बढेर आए अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेको जनाएको छ ।

नेपाल आयल निगमले राती १२ बजे देखि लागू हुने गरेर पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर ४ र डिजेल तथा मट्टितेलमा ३ रुपैयाँका दरले मूल्य बढाएको हो ।

बढेको मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोलको प्रतिलिटर १७१ तथा डिजेल १६० पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal