Skip to content

आठबीसकोट बाढीः  पुरिएका ३ बालिकाको शव निकालियो, बेपत्ता १ को खोजी जारी

nabil bank
रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-१२ स्थित सोमबार राती बाढीले बगाएको झिन्चोैर बस्ती । सो स्थानमा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । तस्बिर ः बलबहादुर ओली (बलेन्द्र) / रासस
रुकुमपश्चिम । रुकुमपश्चिममा गएराति आएको बाढीले घर बगाउँदा पुरिएका तीन बालिकाको शव निकालिएको छ । आठविसकोट नगरपालिका १२ को झिन्चौर बगरमा झिन्चौर खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिका पुरिएका थिए ।
बाढीले घर बगाउँदा पुरिएर मृत्यु भएका १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्कीको शव निकालिएको  आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीले जानकारी दिए।
उनका अनुसार बाढीले घर बगाउँदा बेपत्ता भएका ४० वर्षीय डिल्लीबहादुर बुढाथोकीको खोजी भइरहेको छ । उनी बसेको घरमै पुरिएको हुनसक्ने आशङ्का गरिएको छ । लेदोसहितको बाढीले घर पुरिएपछि  डोजर लगाएर लेदो हटाउने तयारी भइरहेको नगरप्रमुख केसीले जानकारी दिए।
बाढीमा परेर घाइते भएका ७ जनाको आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । स्थानीय १२ वर्षीय विनय सार्की, २२ वर्षीया मनिषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षीया मनसरी पुन, ४ वर्षीय मेक्सन पुन, २८ वर्षीया  धनमाया पुन र ६५ वर्षीया कल्पना कामी घाइते भएका छन् ।
घटनाको पूर्ण विवरण सङ्कलन जारी रहेको  र  घटनास्थलमा सुरक्षाकर्मी, स्थानीयवासीलगायतले बेपत्ताको खोजी गरिरहेको नगरप्रमुख केसीले जानकारी दिए।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime