Skip to content
Prabhu

के ट्रम्पलाई आक्रमणपछि बाइडेनविरुद्ध अग्रता मिल्ला ?

बीबीसी । अमेरिकामा सन् २०२४ को राष्ट्रपतीय चुनावको कुरा गर्दा, डोनाल्ड ट्रम्पको त्यो तस्बिरको सधैं चर्चा हुनेछ, जसमा उनी गोली चलेपछि कानबाट अनुहारतर्फ रगत बगिरहेको अनुहार बलियो हात उठाएर उभिएका छन् र उनका पछाडि अमेरिकी झण्डा फहराइरहेको छ ।
ट्रम्पका समर्थकहरू जो केही समय अघि आशंकित थिए, तिनीहरूका मुखबाट निस्किएका तीन शब्दहरू सुन्नासाथ उत्साहित भए, र ती शब्दहरू थिए, ‘फाइट, फाइट, फाइट ।’
पेन्सिलभेनियामा भएको घटनाले अमेरिकी जनमानसको चेतनामा एक प्रकारको अमिट छाप छोडेको छ । राष्ट्रपतीय चुनावसँग जोडिएको राजनीतिका दौरान यो घटनाक्रम त्यहाँ भयो, जहाँ गुप्चरहरुको र सुरक्षा व्यवस्थाको बाक्लो उपस्तिथि थियो ।
यस घटनाले अमेरिकी जनतामा यो सन्देश गयो कि देशका पूर्वराष्ट्रपति पनि हिंसाबाट बच्न सक्दैनन् । त्यो हिंसा जुन अमेरिकाको दैनिक जीवनमा कहिले पनि हुन सक्छ ।
त्यति  मात्र होइन, यो घटना अमेरिकाको राजनीतिक इतिहासमा एक नाटकीय क्षणका रूपमा दर्ता भएको छ । जसलाई भिडियो क्लिप्स, तस्बिर र साक्षीहरूको बयानका माध्यमबाट यो राष्ट्रपतीय चुनाव र भावी चुनावहरूको समयमा सम्झिइनेछ ।
हिंसाविरुद्ध बाइडेनको अपिल
आइतवार साँझ ओभल अफिसबाट आफ्नो सम्बोधनमा राष्ट्रपति जो बाइडेनले अमेरिकीहरूलाई चुनावी बहसको क्रममा आफ्नो होस नगुमाउन अपिल गरेका छन् । उनले भने, “यो कहिल्यै युद्धको मैदान बन्नु हुँदैन । हाम्रो धारणा कति बलियो भए पनि, हामीले कहिल्यै हिंसाको सहारा लिनु हुँदैन ।”
यसैबीच रिपब्लिक पार्टीका धेरै नेताहरूले डेमोक्रेटहरू र राष्ट्रपति जो बाइडेनको आलोचना गरेका छन् । उनीहरू भन्छन्, “परिस्थिति नै यस्तो बनाइयो जसले हिंसा गरायो ।” डोनाल्ड ट्रम्प जुनियरले डेमोक्रेटहरूलाई आलोचना गर्दै आइतवार एक टिभी अन्तर्वार्तामा भनेका  थिए, “यो लगभग त्यस्तै हो, जस्तो कि उनीहरूलाई हुन्छ ।”
यद्यपि अहिलेसम्म यो थाहा भएको छैन कि कथित हत्यारा थोमस म्याथ्यू क्रूक्सको राजनीतिक झुकाव कुनतर्फ छ र उसको उद्देश्य के थियो ।
यूएस क्यापिटल हिंसाको उदाहरण
डोनाल्ड ट्रम्प जुनियरले वाशिंगटनमा यूएस क्यापिटल हिंसाको घटनाका लागि अब कसैले डोनाल्ड ट्रम्पमाथि औंला उठाउनु नहुने बताएका छन् । सन् २०२० जनवरी १ मा हिंसात्मक घटनाक्रम तब भएको थियो, जब चुनावी नतिजाहरूलाई चुनौती दिँदै तत्कालीन राष्ट्रपति ट्रम्पले एक ¥यालीमा  सम्बोधन गरेका थिए । त्यसपछि उनका समर्थकहरूको भीडले क्यापिटल हिल क्षेत्रमा आक्रमण गरेको थियो र यस क्रममा प्रहरीसँग उनीहरूको झडप भएको थियो ।
यस घटनाक्रमको परिणामस्वरूप प्रतिनिधिसभामा उनविरुद्ध महाभियोग चलाइएको थियो, जसको एक वर्षपछि उनीविरुद्ध कानूनी कारबाहीको दायरा बढ्दै गयो ।
यूएस क्यापिटल हिंसा मामलामा डेमोक्रेटहरू, डोनाल्ड ट्रम्पको आलोचना गर्दै आएका छन् । तर पेन्सिलभेनियामा जसरी गोली चलेको थियो, त्यसले राष्ट्रपतीय चुनाव–प्रचारका क्रममा डेमोक्रेटहरूको त्यो आलोचनाको प्रभाव कम गर्न सक्छ ।
पेन्सिलभेनियामा भएको घटनाक्रमको कारण एक फरक प्रकारको राजनीति बढ्न सक्छ । उदाहरणका लागि ट्रम्पका सामाजिक संजाल पोस्टहरूमा भनिएको छ, “उनीहरू मेरो पछाडि छैनन्, उनीहरू तपाईंको पछाडि छन् ।”
जो बाइडेनको बढ्दो समस्या
अमेरिकामा चुनावी राजनीतिका बीच यो सारा चर्चा यस्तो समयमा तातिएको छ, जब राष्ट्रपति बाइडेनको उमेर र उनका क्षमताहरू पहिले नै प्रश्नहरूको घेरामा छन् । यसले बाइडेन समर्थक डेमोक्रेटलाई, उनको पुनः चयनका लागि शंकित बनाएको छ । दुई हप्ता पहिले मात्र प्रेसिडेन्सियल डिबेटका क्रममा बाइडेनको खराब प्रदर्शनले चर्चा बटुलेको थियो ।
दोस्रोतर्फ, पेन्सिलभेनियामा भएको आक्रमण र त्यसपछि ट्रम्पको उपस्थिति, यसले रिपब्लिकनहरूलाई आगामी दिनहरूमा आफ्नो नेताको एक फरक छवि प्रस्तुत गर्न मद्दत गर्नेछ ।
यस कारणले डेमोक्रेटहरूलाई पनि आफ्नो रणनीति परिवर्तन गर्नुपर्न सक्छ । यसको लागि उनीहरूसँग धेरै समय छ । पेन्सिलभेनियामा गत शनिबार राति भएको घटनाबाट एक कुरा स्पष्ट रूपमा उभिन्छ, र त्यो यो हो कि आशाहरू र ‘पोलिटिकल न्यारेटिभ’ केही सेकेन्डमै परिवर्तन हुनसक्छन् ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal