Skip to content
Prabhu

डलर र यूरो बढ्दा घट्यो पाउण्डको भाउ, अरु मुद्राको के छ आजको दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बै‌कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०६ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४६ रुपैयाँ २७ पैसा कायम भएको छ ।

बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १७३ रुपैयाँ १९ पैसा छ भने बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४९ रुपैयाँ २४ पैसा र बिक्रीदर १४९ रुपैयाँ ९१ पैसा छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ४६ पैसा र बिक्रीदर ९० रुपैयाँ ८७ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९८ रुपैयाँ २४ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९० पैसा कायम छ ।

जापानी येन १० को खरिददर ८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८ रुपैयाँ ४९ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८ रुपैयाँ ४९ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७४ पैसा कायम छ ।

त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ६० पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३ रुपैयाँ ७१ पैसा कायम छ ।

यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५० पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ५७ पैसा र बिक्रीदर २८ रुपैयाँ ७० पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२ रुपैयाँ ६८ पैसा कायम छ ।

डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९ रुपैयाँ ६० पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १० पैसा र बिक्रीदर १७ रुपैयाँ १८ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ६२ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ६५ पैसा कायम छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal