Skip to content
Prabhu

मंगलबार सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साउनको पहिलो कारोबार दिन मंगलबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम राखेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँ रहेको छ । अघिल्लो दिन सुन १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन सुन १ लाख ४६ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, आज चाँदी १० रुपैयाँले घटेको हो । आज चाँदी प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँ रहेको छ। चाँदी अघिल्लो दिन १ हजार ८ सय ८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ४२५ दशमलव ७८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ७६ पैसामा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal