Skip to content
Prabhu

बेइजिङ र मस्कटमा लगानी प्रबर्द्धन कार्यक्रम

काठमाडौं । नेपालमा लगानीका अवसरबारे जानकारी दिन बेइजिङ र मस्कटस्थित नेपाली दूतावासले हालै लगानी प्रबर्द्धनसम्बन्धी कार्यक्रम आयोजना गरेका छन् ।

गत आइतबार बेइजिङस्थित दूतावासले चिनियाँ लगानीकर्तासहित विभिन्न उद्यम व्यवसायी एवं सञ्चारकर्मीको उपस्थितिमा आयोजना गरिएको उक्त कार्यक्रममा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले नेपालमा लगानीका पर्याप्त अवसर रहेका र प्रतिफल पनि आकर्षक रहेकाले ढुक्क भएको पुँजी परिचालन गर्न आग्रह गरे।

चीन समुद्रपार विकास सङ्गठनका उपमहासचिव वाङ केविनले नेपालका निम्ति चीन सबैभन्दा ठूलो लगानीकर्ता मुलुक भएको उल्लेख गर्दै त्यसबाट सयौँ नेपालीले रोजगारी पाएका बताए। हालै नेपालमा आयोजित लगानी सम्मेलनमा भाग लिनुभएकी उनले दुई देशबीच सहकार्य र साझेदारीका प्रशस्त क्षेत्र रहेका बताए। नेपालको जलस्रोत क्षेत्र सर्वाधिक आकर्षक लगानीको गन्तव्य भएको उनले उल्लेख गरेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

यसैबीच, सोही दिन मस्कटमा आयोजित कार्यक्रममा ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले ओमानसँगको व्यापार सन्तुलनमा जोड दिँदै पर्याप्त प्रतिफल प्राप्त हुने पर्यटन, पूर्वाधार एवं ऊर्जाका परियोजनाहरुमा लगानी गर्न ओमानी लगानीकर्तालाई आग्रह गरे। उनले प्रवासी नेपालीलाई मातृभूमिको उन्नयनका निम्ति आफूले सिकेको सीपका साथै पुँजी परिचालन गर्न अनुरोध गरे।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal