Skip to content
Prabhu

पुँजी बजारको विकास र स्थायित्वका लागि सक्रियतापूर्वक काम गर्छुः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले पुँजी बजारको विकास र स्थायित्वका लागि सक्रियतापूर्वक काम गर्ने बताएका छन् । मंगलबार बधाई तथा शुभकामना दिन सिंहदरबार पुगेका धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालको टोलीसँग उनले यस्तो बताएका हुन् ।

‘पुँजी बजारप्रति म सकारात्मक छु, यसको विकास र स्थायित्वका लागि सक्रियतापूर्वक पहल गर्छु’ उनले भने । धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालका अध्यक्ष सागर ढकालको नेतृत्वका पदाधिकारीहरुले नवनियुक्त अर्थमन्त्री पौडेललाई भेटी बधाई तथा शुभकामना प्रदान गरेका छन् ।

एसोसिएसनका तर्फबाट अध्यक्ष ढकालले नवनियुक्त अर्थमन्त्रीबाट पुँजी बजारले यसको सुधार विकासका लागि अग्रगामी नेतृत्वको आशा गरेको बताए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal