Skip to content
Prabhu

सिटिजन्स बैंकले ८.९९ प्रतिशतमा घर कर्जा दिने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा नयाँ आर्थिक वर्ष २०८१्८२ को शुरुवातसँगै ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उदघोषका साथ सात वर्षे अवधिका लागि घर कर्जा योजना ल्याएको छ ।

कम्पनीले सो अवधिका लागि स्थिर रहने गरि ८.९९ प्रतिशत प्रतिवर्ष घर कर्जा योजना मंगलबार सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत कायम रहेको ब्याजदर सात वर्षसम्म स्थिर रहने छ । ७ वर्षपछि भने कम्पनीको प्रचलित औसत मासिक आधार दरमा एक प्रतिशत प्रिमियम दर थप गरि ब्याजदर कायम गरिने कुरा कम्पनीका प्रमुख कर्जा अधिकृत सुमन मुलेपतिले बताएका छन् ।

सो आकर्षक योजनामा सहभागी हुनका लागि नजिकको पायक पर्ने कुनै पनि शाखा कार्यालयमा पुगेर सुविधा उपभोग गर्न सकिने कम्पनीले बताएको छ ।यसघर कर्जा सुविधा उपभोग गर्ने ग्राहकहरुलाई निःशुल्क क्रेडिट कार्ड,डेविट कार्ड र पहिलो वर्षको लागि लकर सुविधा शुल्कमा ५० प्रतिशत शर्तसहितको छुट छ । कम्पनीले सुशासन र प्रुडेन्ट बैंकिङमा विशेष महत्त्व दिंदै आएको बताएको छ । यसका साथै कम्पनीले कर्मचारीको वृद्धि विकासको लागि सात वटै प्रदेशमा रहेको कार्यालय भवनमा लर्निङ्ग सेन्टर आरम्भ गरेर काम गरिरहेको छ ।

कम्पनीले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १ सय ९७ वटा शाखा, १ सय ६० वटा एटीएम, ३ विस्तारित काउन्टर र ९८ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट करिब १८ लाख ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal