Skip to content
Prabhu

राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ उठाउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता भएपछि बुधबार ५० अर्ब रुपैयाँ उठाउँदै छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट २१ दिनका लागि ५० अर्ब रुपैयाँ उठाउन लागेको हो ।

राष्ट्र बैंकले आज उठाउने ५० अर्ब रुपैयाँको सावाँ तथा ब्याज साउन २३ गते भुक्तानी दिनेछ । बैंक तथा वित्तय संस्थाहरुले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष आउने रकमसम्म राष्ट्र बैंकमा राख्न सक्नेछन् ।

उक्त बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलन बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal