Skip to content
Prabhu

एनएमबि बैंकको ‘इभी अभी अटो लोन’ मात्र ८.९९ प्रतिशतमा, ७ वर्षसम्म स्थिर ब्याजदर

काठमाडौं । एनएमबि बैंकले विद्युतीय सवारीसाधनहरू ७ वर्षको अवधिका लागि मात्र ८.९९ प्रतिशत निश्चित ब्याजदरमा उपलब्ध गराएको छ ।

नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रबर्द्धन गर्ने र दिगो भविष्यलाई समर्थन गर्ने उद्देश्यका साथ बैंकले विद्युतीय गाडी सेग्मेन्टमा कम ब्याजदरमै लोन उपलब्ध गरेको हो ।

ग्राहकहरूले अब सजिलै आफ्नो विद्युतीय सवारी साधन फाइनान्स गरि दिगो भविस्य तर्फ योगदान दिन सक्ने बैंकले जनाएको छ । लचिलो भुक्तानी विकल्पहरू र द्रुत स्वीकृति प्रक्रियाहरूसहित, ग्राहकहरूले सजिलै एनएमबि सुलव अटो लोन लिन सक्ने बैंकले जानकारी दिएको छ ।

एनएमबि बैंकले हाल देशभरी २ सय १ शाखा, १ सय ८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal