Skip to content
Prabhu

नेप्से बुधबार ५४.०४ अंकले बढ्यो, कारोबार रकम १२ अर्ब ५ करोड

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५४.०४ अंकले बढेर २३६४.६३ मा पुगेको छ । त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १०.२५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३।७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.५५ अंक बढेको छ।

आज ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९ सय ३७ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार १ सय १३ रुपैयाँ कारोबार भएको छ । आज २०४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ कम्पनीको सेयर मूल्य घटेको छ र ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज सिंगटी हाइड्रो इनर्जीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २३ करोड ५५ लाख ८१ हजार ६ सय ३७ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य २ सय ७ रुपैयाँ पुगेको छ ।

साथै, आज २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने सिटिजन्स म्युचुअल फण्डको सेयरमा ९.९० प्रतिशतले घटेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal