Skip to content

मनसुनजन्य विपदबाट १६३ राष्ट्रिय राजमार्ग प्रभावित

nabil bank
af9Ln] Iflt k'¥ofPsf] a]lg3f6–cf?3f6 8fOe{;g k'n uf]/vf, # ;fpg M a]lg3f6–cf?3f6 ;8sv08 cGt{ut kg]{ uf]/vfsf] eLd;]g yfkf ufpFkflnsf–& / ;lxb nvg ufpFkflnsf–( hf]8g] Hofb'nvf]nfl:Yft 8fOe;{g k'ndf af9Ln] k'¥ofPsf] Iflt . tl:j/ M bLks >]i7÷/f;;

काठमाडौं । बाढीपहिरो जस्ता मनसुनजन्य विपद्का कारण गएको २४ घण्टामा १ सय ६३ राष्ट्रिय राजमार्गमा प्रभाव परेको छ ।

सडक विभागको तथ्याङ्कअनुसार विपद्का कारण मुलुकभर १६ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् भने १ सय ४७ राष्ट्रिय राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन् । यस्तै राष्ट्रिय राजमार्गमा पर्ने छवटा पक्की पुलमा अवरोध भई आवतजावतमा बाधा पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आगामी शुक्रबारसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै माहाशाखाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime