Skip to content
Prabhu

थाइल्याण्डको पर्यटनमा असर पर्ने गरी भएको छ विदेशीको मृत्युको कारण के हो ?

बीबीसी । थाइल्याण्डको राजधानी बैंककको एक होटलमा छ पर्यटकको मृत्यु भएपछि अहिले विश्वभर त्यसको चर्चा चुलिएको छ । पर्यटनमा  आश्रित सहर बैंककमा अमेरिकीसहित पर्यटकहरुको मृत्यु भएपछि त्यसले त्यहाँको पर्यटनमा पनि असर गर्ने आकलन गरिएको छ  । प्रहरी अधिकारीहरूले भनेका छन् कि बैंककको एउटा लक्जरी होटलको कोठामा छ जनाको मृत्यु साइनाइड (एउटा प्रकारको विष) मिसिएको पेय पदार्थको कारण भएको हो ।
प्रहरीले चियाका कप मर्नेहरुमध्ये कुनै  एक व्यक्तिले मिलाएको हुनसक्ने आशंका गरेको छ । प्रहरीले विष मिलाउने व्यक्ति ऋणको पासोमा परेको भनेका थिए । थाइल्याण्ड राजधानी बैंककको ग्रैंड हयात इरावन होटलका कर्मचारीहरूले मंगलबार राति अबेर छ जनालाई मृत अवस्थामा फेला पारेका थिए । अनुसन्धानकर्ताहरूको विश्वास छ कि उनीहरूको मृत्यु २४ घण्टा पहिले भएको थियो ।
प्रहरी अधिकारीहरूले मृतक छ जनामध्ये दुई जना लगानीका लागि अर्का एक मृतकलाई लाखौं डलर ऋण दिएका थिए । मंगलबार शव फेला परेसँगै मानिसहरूले आकलनहरु गर्न थाले । धेरै समाचारमा मृत्युको कारण गोलीबारी बताइएको थियो । यद्यपि पछि प्रहरीले यी समाचारलाई खारेज गरिदिएको थियो।
थाइल्याण्डका प्रधानमन्त्री श्रीथा थाविसिनले मंगलबार होटलको भ्रमण गरेर तत्काल अनुसन्धानको आदेश दिएका थिए । उनले उनीहरुको मृत्युहरू उनीहरुको व्यक्तिगत कारणका कारण भएको र यसको यसको राष्ट्रिय सुरक्षासँग कुनै लेनदेन नभएकोमा जोड दिएका थिए ।
बुधबारको एक प्रेस सम्मेलनमा, बैंकक प्रहरीका उच्च अधिकारी नोपासिन पूनसावतले छ जनाले सप्ताहन्तको समयमा फरक–फरक समयमा होटलमा चेक–इन गरेका थिए । उनीहरूलाई होटलको फरक–फरक तल्लामा कोठाहरू दिइएको थियो । यी सबै मानिसहरू सोमबार होटल छोड्न लागेका थिए । मृतकमध्ये चार जना भियतनामका र दुई जना अमेरिका नागरिक थिए ।
भियतनामी नागरिकहरू एनगुयेन फुआंग (४६ वर्ष), होंग फाम थान्ह (४९ वर्ष), थी एनगुयेन फुओंग लान (४७ वर्ष), दिन्ह ट्रान फु (३७ वर्ष) थिए भने अमेरिकी नागरिकमा शेरीन चोंग (५६ वर्षीय) र डेंग हुंग वेन (५५ वर्षीय)  थिए । उनीहरुको मृत्युहरूमा अमेरिकी विदेश विभागले आफ्नो समवेदना व्यक्त गरेको थियो ।
सबै एकै कोठामा थिए
प्रहरीले सोमबार दिउँसो सबै छ जना पीडित होटलको पाँचौं तल्लामा रहेको कोठामा भेला भएको बताएको छ । उनीहरुले खाना र चियाको अर्डर दिएका थिए । खाना दिउँसो दुई बजे कोठामा पुर्याइएको थियो । त्यो बेला कोठामा मात्र अमेरिकी नागरिक शेरीन चोंग थिए । उनैले अर्डर रिसिभ गरेका थिए ।
प्रहरीका अनुसार एक वेटरले पाहुनाहरूका लागि चिया बनाउनको प्रस्ताव गरेका थिए, तर शेरीन चोंगले यसलाई अस्वीकार गरेका थिए । उक्त वेटरले अधिकारीहरूलाई शेरीन चोंग निकै कम बोलेको र तनावमा रहेको बताएका थिए । ती वेटर खाना र चिया दिएपछि वेटर कोठाबाट बाहिर गएका थिए ।
त्यसपछि समूहका बाँकी सदस्यहरू करिब दुई बजेदेखि सवा दुई बजेको बीचमा कोठामा आएका थिए ।
प्रहरीले कोठामा जबरजस्ती प्रवेश वा डकैतीका कुनै संकेत फेला नपरेको बताएको छ । प्रहरीका  अनुसार उनीहरु सबैले चिया पिएका थिए र चियाका सबै कपमा साइनाइडका अंश थिए ।
प्रहरीले जारी गरेका तस्वीरहरूमा, कोठामा एउटा टेबलमा खाना राखिएको प्लेटहरू देखिन्छन्। तिनमध्ये केही खोलिएका थिएनन्। छ जनाको मृत्यु भएको होटल बुकिङमा सातौं नाम पनि थियो । प्रहरीले तीन छ जनाबाहेक सातौ व्यक्ति पनि पहिचान गरेको छ । जसमा ती छ मध्ये एक कि बहिनी थिइन् । उनी एक सता अघि नै थाइल्याण्डबाट भियतनाम गएकी थिइन् र उनको यो घटनासँग कुनै सम्बन्ध छैन ।
पर्यटक बढाउने प्रयास
थाइल्याण्डले ९३ देशका नागरिकहरूको देशमा भिसा–फ्रि इन्ट्रीको घोषणा  गरेपछि बैंककको होटलमा यी छवटा शव फेला परेका थिए । यसको उद्देश्य देशमा पर्यटन बढाउनु थियो । ग्राण्ड हयात बैंककको एक लोकप्रिय पर्यटक क्षेत्रमा अवस्थित छ । यस क्षेत्रमा हालैका वर्षमा विभिन्न अपराधका  घटना घटेका छन् । गत वर्षको अक्टोबरमा १४ वर्षीय एक युवकलाई तीन जनाले सियाम पेरागोन मल्लमा गोली हानेका थिए । यो मल्ल होटलबाट केही कदमको दूरीमा अवस्थित छ । होटलको ठीक अगाडि एरावनको बौद्ध मन्दिर पनि छ । सन् २०१५ मा यो मन्दिरमा भएको बम विस्फोटमा २० जनाको मृत्यु भएको थियो ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal