Skip to content
Prabhu

सुनचाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ । सुन अघिल्लो दिन १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ८ सय रुपैयाँ रहेको छ । अघिल्लो दिन सुन १ लाख ४९ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ८ सय ९५ रुपैयाँमा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस सुन २ हजार ४६७ दशमलव १ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ४ पैसामा कारोबार भइरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal