Skip to content
Prabhu

पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको निधन

काठमाडौं । पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको बिहीबार बिहान मेडिसिटी अस्पतालमा निधन भएको छ । श्रेष्ठ नेपालको प्रसिद्ध र विलासी द्वारिकाज होटलका सञ्चालक हुन् ।

श्रेष्ठ नेपालको पर्यटन, मिडिया र सांस्कृतिक सम्पदा संरक्षण लगायतका क्षेत्रमा सक्रिय थिइन् । नेपालस्थित स्पेनको महावाणिज्य दूतावासको प्रमुखको रुपमा रहेकी उनको विवाह द्वारिका प्रसाद श्रेष्ठसँग भएको थियो ।

पतिको सन् १९९१ मा निधनपछि पनि उनले पूर्णरूपमा जिम्मेवारी सम्हालिन् र आजको दिनमा होटलको प्रतिष्ठा र सद्भावनालाई उच्च राखेकी थिइन्।

उनी महिला उद्यमीहरुका लागि अवस्था सुधार गर्न सक्रिय थिइन् । उनले महामहिम राजा जुआन कार्लोस प्रथम (स्पेन) बाट क्रस अफ द अर्डर अफ सिभिल मेरिटको अलंकार प्राप्त गरेकी छिन्।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal