Skip to content
Prabhu

सेयर बजारमा साढे १५ अर्बको कारोबार, नेप्से परिसूचक २४२४ बिन्दुमा

काठमाडौं । सेयर बजारमा साढे १५ अर्बभन्दा बढी रुपैयाँको कारोबार भएको छ । पछिल्लो सातामात्र नेप्सेमा ५४ अर्बको सेयर कारोबार भएको छ ।

अर्थमन्त्रीमा विष्णु पौडेल आएपछि नेपाल राष्ट्र बैंकले बजार बढाउने गरी मौद्रिक नीति ल्याउने हुँदा लगानीकर्ता उत्साहित छन् ।

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति ल्याउने बताएको छ । मौद्रिक नीति ल्याउने अघिल्लो दिन नेप्सेमा १५ अर्ब ५४ करोडको कारोबार भएर परिसूचक ५९.६८ अंकले बढेको हो । कारोबार भएका कम्पनीमा १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको सेयर मूल्य घटेको छ ।

बिहीबार नेप्से परिसूचक २४५९.९४ बिन्दुसम्म पुगेको थियो । लामो समयसम्म बियरिस ट्रेण्डमा रहेको नेप्से परिसूचकले अब बुलिस ट्रेण्ड लिने अपेक्षा सेयर लगानीकर्ताको छ । अहिले बैंकले दिने मुद्दती निक्षेपको ब्याजदर नै ७ प्रतिशत छ भने ८ प्रतिशतबाट नै अहिले ऋण पाउने अवस्था छ ।

साताको अन्तिम दिन बिहीबार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसहित ५ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

सेयर बजारमा धेरैपछि वाणिज्य बैंकका सेयर मूल्य १० प्रतिशतले बढेको छ । मौद्रिक नीति आउनु अगाडि नबढ्ने गरेको वाणिज्य बैंकको सेयर मूल्य बढ्दा बैंकहरुलाई राहत हुने गरेर मौद्रिक नीति आउने अपेक्षा गरिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal