Skip to content
Prabhu

एक दशकको उत्सवः ग्लोकल टिन हिरो ‘मेड इन नेपाल’

काठमाडौं । २०१५ मा स्थापना भएको ग्लोकल टिन हिरो अवार्डले आफ्नो समुदायमा महत्वपूर्ण योगदान दिएका किशोरकिशोरीहरुलाई सम्मानित गर्दै आएको छ । उनीहरुको उपलब्धि र सामाजिक परिवर्तनप्रतिको समर्पणले अरु युवाहरुलाई पनि प्रेरित गरेको छ ।

ग्लोकल टिन हिरोले विगत एक दशकदेखि प्रतिभाशाली युवाहरुको पहिचान र सम्मान गर्दै उनीहरुको प्रतिभालाई विश्वमञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको छ । साथै विभिन्न माध्यममार्फत उनीहरुलाई सशक्त बनाएको छ । यो मञ्चको उद्देश्य आफ्नो समुदाय, समाज तथा राष्ट्रका निम्ति महत्वपूण योगदान दिइरहेका युवाहरूलाई प्रोत्साहन दिनु पनि हो ।

२०१५ बाट सुरु भएका ग्लोकल टिन हिरो अवार्ड सुरुमा काठमाडौँ केन्द्रित थियो । विगत एक दशकमा यो अवार्ड देशभरिका किशोरकिशोरीहरुलाई सम्मान गर्ने एक राष्ट्रिय अभियानमा परिणत भएको छ । ग्लोकल टीन हिरो अवार्डको सफलता अब नेपालमा मात्र नभएर यसको लोकप्रियता दक्षिण एसियाली देशहरुमा फैलिन थालिसकेको छ ।

अहिले ग्लोकल टीन हिरोको फ्रेन्चाईज बंगलादेश, भारत, र श्रीलंकामा पनि हुँदै आएको छ ।
हरेक वर्ष सेप्टेम्बर १ मा आयोजना हुने ग्लोकल टीन हिरोले सयौँ युवाहरुलाई आ—आफ्नो क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै अगाडि बढ्न प्रेरित गरेको छ । साथै उनीहरुमार्फत समाजका अन्य युवाहरुलाई पनि आफ्ना प्रेरणादायक कथाहरुले प्रेरित गर्न र धेरै किशोरकिशोरीहरुलाई सामाजिक समस्याहरु सम्बोधन गर्न उत्प्रेरित गरेको छ ।

ग्लोकल टीन हिरो एक प्लेटफर्मको रूपमा मात्र नभई सामाजिक समस्याका समाधानहरू खोज्ने साथै समाजमा सकारात्मक योगदान गर्ने, किशोरकिशोरीहरुलाई सक्षम बनाउँदै उनीहरुको व्यावसायिक वृद्धि सुनिश्चित गर्ने, र समुदायमा दिगो विकासको पहल गर्ने एक फोरमको रूपमा स्थापित भएको छ। प्राविधिक नवप्रवर्तनदेखि सामाजिक उद्यमशीलता सम्मको विविध सीपलाई मान्यता दिएर यस अवार्डले युवाहरुका लागि उपलब्ध अवसरहरुको दायरा विस्तार गरेको छ ।

आगामी वर्षहरुमा ग्लोकल टीन हिरो आशा र प्रेरणाको प्रकाश–स्तम्भ रहिरहनेछ, जसले किशोरकिशोरीहरुलार्ई दिगो संसारको कल्पना र निर्माण गर्न सशक्त बनाउँदै जानेछ ।
यदि तपाईँ वा तपाईँले चिनेको कोही १३ देखि १९ वर्षको छन् र समाजमा केही प्रभावकारी काम गरेको छ भने, ग्लोकल टिन हिरो एक उत्कृष्ट प्लेटफर्म हुन सक्छ । राष्ट्रव्यापी संजालमा सहभागी भएर आफ्नो प्रतिभा उजागर गर्न र समाजमा सकारात्मक छाप छोड्नको लागि आजै आवेदन भरौँ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal