Skip to content
Prabhu

एकवर्षमा ७ खर्ब २२ अर्बले निक्षेप बढ्दा कर्जा २ खर्ब ९१ अर्बले बढ्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले एकवर्षमा निक्षेप ७ खर्ब २२ अर्बले बढाएका छन् ।

असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ६४ खर्ब ९३ अर्ब रुपैयाँ निक्षेप पुगेको छ । कर्जा ५१ खर्ब ६९ अर्ब पुगेको छ ।

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जा अघिल्लो आर्थिक वर्षको भन्दा बढेको छ । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ६ खर्ब १२ अर्ब र कर्जा १ खर्ब ६४ अर्बले बढेको थियो ।

अहिले बैंक तथा वित्तीय संस्था करिब ८ खर्बजति ऋण दिने क्षमता रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal