Skip to content
Prabhu

ट्रंकलाइन र डेडिकेटेडको समस्या समाधान गराउने प्रधानमन्त्रीको उद्योगीलाई आश्वासन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रंकलाइन र डेडिकेटेडको समस्या समाधान गर्ने आश्वासन उद्योगीलाई दिएका छन् ।

निजी क्षेत्रसँगका उद्योगी व्यवसायीसँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै प्राधिकरणले काटेको लाइन सुचारु हुने र समस्या समाधान हुने आश्वासन दिएका हुन् ।

अर्थमन्त्री बिष्णु पौडेलले नियम विपरित भएको भए प्राधिरकणले महशुल लिन नपाउने उद्योगीसँगको भेटमा भनेका थिए ।

ऊर्जामन्त्री दिपक खड्काले बोलाएको बैठकमा भने उद्योगी र प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङबीच विवाद भएको छ ।

प्राधिकरणले सार्वजनिक लेखा समिति,महालेखाले भने अनुसार बिल पठाएको दाबी घिसिङले गरेका थिए ।

जवाफमा उद्योगीहरुले प्राधिरकरणसँग नियम अनुसार प्रमाण भएमा सबै पैसा तिर्न तयार रहेको जानकारी दिएका थिए ।

उद्योगीहरुले गिरिसचन्द्र लालको संयोजकत्वमा गठन भएको समितिको सुझाव कार्यान्वयन गर्नुपर्ने माग राखेका थिए । लाल आयोगले प्रमाणको आधारमा महशुल तिनुपर्ने सुझाव लिएको थियो ।

प्राधिकरणले महशुल नतिरेको भन्दै अहिले ६ वटा ठूला उद्योगमा विजुली कटौती गरेको छ ।

प्रधानमन्त्री केपी ओलीको आश्वासन अनुसार यो पटक समस्या समाधान हुने अपेक्षा उद्योगीको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal