Skip to content
Prabhu

मौद्रिक नीति आज नआउने, डा खतिवडाले हेरेपछि आउने

काठमाडौं । स्वायत्त भनिएको नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि ल्याउने भनेको मौद्रिक नीति नआउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख आर्थिक सल्लाहकारमा डा युवराज खतिवडालाई बिहीबार नियुक्त गरेका थिए ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति ल्याउने तयारी गरेका थिए । सो अनुसार अर्थमन्त्रीसँग उनले छलफल समेत गरिसकेका थिए ।

तर,बिहीबार डा खतिवडा प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त भएपछि मौद्रिक नीति आउने समय सरेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको यो आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति हो । अहिले गभर्नर रहेका अधिकारीलाई कार्यकारी निर्देशकबाट डेपुटी गभर्नर हुँदै गभर्नर नियुक्ति गर्न खतिवडाको भूमिका सबैभन्दा बढी थियो ।

पछिल्लो समय गभर्नर अधिकारीले लिएका केही नीतिहरुसँग खतिवडाले असहमति जनाएका थिए । कानुन अनुसार स्वायत्त भएपनि राष्ट्र बैंकको सञ्चालक समितिमा सरकारले नियुक्त गर्ने ३ जना सञ्चालक हुने हुँदा सरकारसँग केही सहकार्य भने गभर्नरले लिनपर्छ । एमाले सरकारले नियुक्त गरेका गभर्नर अधिकारीले कांग्र्रेस र माओवादी सरकारभन्दा बढी सहकार्य गरेर एमाले भएको बेला नीति ल्याएका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal