Skip to content
Prabhu

हिमालयन एभरेष्ट इन्स्योरेन्सले सिंगापुरमा पायो २ वटा अवार्ड

 

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले दुइटा अवार्ड पाउन सफल भएको छ । कम्पनीले सिंगापुरमा आयोजित इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा ‘डोमेस्टिक जेनेरल इन्स्योरर–नेपाल’ र ‘स्ट्राटजिक पार्ट्नरसिप अफ द इयर–नेपाल’ अवार्ड पाउन सफल भएको हो ।

यसबारेमा बोल्दै हिमालयन एभरेष्ट इन्स्योरेन्सका डेपुटी जेनेरल म्यानेजर सञ्जय अर्यालले भने,’ यी अवार्डहरूले हामीलाई नयाँ मापदण्डहरू बनाउन र हाम्रा सेवाग्राहीहरुलाई अझै उत्कृष्ट सेवाहरू प्रदान गर्न प्रेरित गरेको छ । हामीलाई यहाँसम्म आइपुग्न साथ दिनुहुने समस्त सेवाग्रही तथा साझेदारहरुप्रति आभार व्यक्त गर्न चाहन्छौँ ।’

यी दुवै अन्तर्राष्ट्रिय अवार्डहरूले डिजिटल सेवाहरू र एनसेल, इसेवा र खल्ती जस्ता कम्पनीहरूसँगको साझेदारीमार्फत वित्तीय समावेशीकरणलाई प्रबर्द्धन गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्सले निर्वाह गरेको मुख्य भूमिकालाई उजागर गरेको छ । यी उपलब्धिहरूले बीमा उद्योगमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको नेतृत्व, नवप्रवर्तन र उत्कृष्टताप्रतिको समर्पणलाई बलियो बनाएको कम्पनीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal