Skip to content
Prabhu

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको संख्या र प्रतिकित्ता मूल्य भने तोकिएको छैन । सो सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

साथै, उक्त समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै निवेदन प्राप्त हुन नआएको खण्डमा प्रचलित कानुनबमोजिम अन्य व्यक्ति तथा संस्थामा बिक्रि प्रकृया अगाडि बढाउने बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal