काठमाडौं । साताको अन्तिम कारोबार दिन शुकबार सुनको मूल्य तोलाको २ हजार रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको भाउ प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार प्रतितोला तेजाबी सुनको मूल्य १ लाख ४६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला तेजाबी सुनको मूल्य १ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ । आज चाँदी १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस सुन २ हजार ४२५ दशमलव १६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २९ डलर ५९ पैसामा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्