Skip to content
Prabhu

फुडमाण्डुको स्टुडेन्ट अप्रेन्टिससिप प्रोग्रामको तेस्रो ब्याच अगस्टमा हुँदै

काठमाडौं । नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फुड डेलिभरि कम्पनी फुडमाण्डुको स्टुडेन्ट अप्रेन्टिस प्रोग्रामको तेस्रो ब्याच सुरु हुन गएको छ । यो कार्यक्रम विद्यार्थीहरूको मार्केटिङ तथा आन्ट्रप्रेनसिपको ज्ञान र व्यावहारिकता बीचको दुरीलाई कम गर्न डिजाइन गरिएको हो । फुडमान्डुले योभन्दा अगाडि सफलतापूर्वक २ वटा स्टुडेन्ट अप्रेन्टिस प्रोग्राम सञ्चालन गरिसकेको छ भने तेस्रो संस्करण अगस्टको महिनाभरि सञ्चालन गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

फुडमाण्डुकी ब्रान्ड एन्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भनिन्, ‘हामी यस कार्यक्रममार्फत युवा प्रतिभालाई प्रोत्साहन गर्न चाहन्छौँ । यस कार्यक्रममार्फत हामीले विद्यार्थीहरूलाई व्यावसायिक दुनियाँको गहिरो बुझाइ दिने र उनीहरूको रचनात्मकतालाई प्रोत्साहित गर्ने लक्ष्य राखेका छौं ।’

एक महिनासम्म चल्ने यस स्टुडेन्ट अप्रेन्टिस प्रोग्राममा सहभागी विद्यार्थीहरु हप्ताको तीन दिन फुडमान्डुको कार्यालयमा उपस्थित हुने गरेका छन् । उक्त समयमा विद्यार्थीहरूले रचनात्मक सोच बढाउने, योजना बनाउने, बजेटिङ, लजिस्टिक र ग्राहक अन्तरक्रियासम्बन्धी व्यावहारिक अनुभव हासिल गर्दै आइरहेका छन् ।

यस कार्यक्रमको अघिल्लो संस्करणमा फुडमान्डु टिमको सुपरिवेक्षण र निर्देशनमा विद्यार्थीहरूले मार्केटिङको व्यावहारिक ज्ञान प्राप्त गरेका थिए । उनीहरूले विभिन्न अन्तरक्रियात्मक प्रोजेक्टमा योजना र रणनीति बनाएर फुडमाण्डुको ब्रान्ड सचेतना र उपस्थिति वृद्धि गरेका थिए ।

फुडमाण्डुले आगामी ब्याचका लागि विद्यार्थीहरुको मार्केटिङ र आन्ट्रप्रेनर्शिपसम्बन्धी विस्तृत बुझाइ विकास गर्ने योजना बनाएको छ । कम्पनीले ती बुझाइलाई व्यवहारमा कार्यान्वयन गर्न र नयाँ अडियन्स पत्ता लगाउने कुरामा केन्द्रित रहने बताएको छ ।

स्टुडेन्ट अप्रेन्टिस प्रोग्रामको तेस्रो ब्याचप्रति इच्छुक विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्नको लागि निकै उत्साहित रहेको कम्पनिले जानकारी दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal