Skip to content
Prabhu

उद्योगमा बिजुली जडान गर्न कुलमान घिसिङलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई तत्काल बिजुली जडान गर्न निर्देशन दिएका छन् ।

प्राधिकरणले बिजुली बक्यौत रहेको भन्दै अर्घाखाँची, रिलायन्स स्पिनिङ, जगदम्बा स्टिलसहितका उद्योगमा विजुली काटेको छ ।

शुक्रबार प्रधानमन्त्रीले उद्योगीसहित प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ तथा ऊर्जामन्त्री दिपक खड्का सहित बोलाएको बैठकमा तत्काल विजुली जडान गर्न निर्देशन दिएका हुन् ।

यसअघि ऊर्जामन्त्री खड्काले उद्योगीसहित प्राधिकरणलाई राखेर छलफल गरेका थिए । प्रधानमन्त्री तथा ऊर्जामन्त्रीसँग भएको छलफलमा उद्योगीहरुले प्राधिकरणले प्रमाण देखाएमा आफूहरु बिजुलीको महशुल तिर्न तयार रहेका जवाफ दिएका थिए । प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङले भने नियम अनुसार बक्यौता रहेका उद्योगमा लाइन काटिएको जवाफ दिएका थिए ।

उद्योगीहरुले पूर्वन्यायाधीश गिरिसचन्द्र लालको संयोजकत्वमा गठन भएको समितिको सुझाव कार्यान्वयन गर्नुपर्ने माग राखेका थिए । प्रधानमन्त्री ओलीको निर्देशनसँगै उद्योगमा काटिएको बिजुली जोडिने भएको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal