Skip to content
Prabhu

कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव सिद्धार्थ तातेड पक्राउ

राजविराज । प्रहरीले कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालक समितिका सचिव सिद्धार्थ तातेडलाई पक्राउ गरेको छ ।

राजविराज नगरपालिका–३ का वडा सदस्य तथा राजविराज जेसिजका पूर्वअध्यक्ष रहेका तातेडलाई घरबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । सप्तरी जिल्ला अदालतले सहकारीको रकम ठगी तथा आपराधिक विश्वासघात मुद्दामा तातेडलाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइएको छ ।

सहकारीका बचतकर्ताको रकम अपचलन गरेको र संस्थाका सातजना सञ्चालक सम्पर्कविहीन भएको भन्दै संस्थाका उपाध्यक्षसहित ४६ जना बचतकर्ताले सञ्चालक समितिका सचिव तातेडविरुद्ध विसं २०८० साउन १९ गते प्रहरीमा उजुरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले सात सदस्यीय सञ्चालक समितीमध्ये अध्यक्ष बेचन यादव र अन्य पाँचजना सञ्चालक सदस्य भने अझै फरार रहेकोे जानकारी दिनुभयो । सञ्चालक समितिमाथि बचतकर्ताको रु. एक करोड ३३ लाख २० हजार आठ सय २३ तथा संस्थाको रु. ८८ लाख १७ हजार ६ सय ७७ गरी कूल रु. दुई करोड २१ लाख ३८ हजार पाँच सय घोटाला गरेको आरोप छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal