Skip to content
Prabhu

‘होलबडी’ चेकअप होइन यी पाँच टेस्ट गरे पुग्छ 

nabil
काठमाडौँ । पछिल्लो समय अस्पतालहरुमा होलबडी चेकअपको लहड चलेको छ । पहिले बिरामी हुँदा मात्रै अस्पताल जानेहरु पछिल्लो समय वर्षमा एक पटक भए पनि होलबडी चेकअपका लागि अस्पतालसम्म पुग्ने गरेका छन् । अस्पतालहरुले पनि हालबडी चेकअपका लागि छुट्टाछुट्टै प्याकेजको विज्ञापन गरिरहेकै हुन्छन् । मानिसहरु पनि आर्थिक हैसियतअनुसार यी आफूलाई मन परेको प्याकेज खरिद गरिरहेका हुन्छन् ।
अस्पतालअनुसार यी प्याकेजको रेट पनि छुट्टाछुट्टै छ । तर विशेषज्ञहरु भने होडबडीको पछि नलागी वर्षमा  कम्तीमा एक वर्ष यी पाँच टेस्ट गरे पुग्ने बताउँछन् । उनीहरु कम्तीमा यी पाँच परीक्षणले स्वास्थ्य अवस्थाबारे राम्रो जानकारी दिन्छ । यी टेस्ट गरेपछि होलबडीको प्याकेजमा जस्तो अनावश्यक जाँच गर्न पर्दैन् ।
पहिलो जाँच सिबिसी अर्थात् कम्पिलिट ब्लड काउन्ट हो । यो जाँचले तपाईंको रगतमार्फत हेमोग्लोबिनको अवस्था थाहा हुन्छ । रगतको अवस्थाबारे थाहा हुन्छ । दोस्रोमा एलएफटी । यस जाँचमा लिवरको अवस्था थाहा हुन्छ । लिवरले कसरी काम गरिरहेको छ भन्ने यसबाट थाहा हुन्छ । तेस्रोमा एचबीए१सी जाँच गर्नुपर्छ । जसबाट मानिसको प्रिडायबिटिक वा डायबिटिक अवस्थाबारे जानकारी हासिल हुन्छ ।यसमा तीन महिनाको औसत पनि हेर्न सकिन्छ । सुगर कति छ वा कसरी तलमाथि भइरहेको भन्ने पनि थाहा हुन्छ । चौथोमा  लिपिड प्रोफाइल जाँच  आवश्यक छ । यस जाँचबाट कोलेस्ट्रोल तह कति छ भन्ने थाहा हुन्छ । औषधि लिइरहनुभएको छ भने घटाउने वा बढाउनेबारे पनि जानकारी प्राप्त हुन्छ । पाँचौ नम्बरमा २डी इको जाँच गर्नु उपयुक्त हुन्छ । यसबाट मुटुको गति जाँच गरिन्छ । यसमा मुटुको सोनोग्राफी गरिन्छ ।
यदि तपाईको उमेर ३० देखि ५० बीचमा छ भने वर्षमा कम्तीमा एक पटक र त्यसभन्दा बढी भएमा वर्षमा कम्तीमा दुई पटक गर्दा राम्रो हुन्छ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal