Skip to content
Prabhu

एनआईसी एसिया लघुवित्तको सीईओमा चोलराज शर्मा नियुक्त

काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चोलराज शर्मा जोशीलाई नियुक्त गरेको छ । सो संस्थाको साउन ६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सीईओमा जोशीलाई नियुक्त गरेको हो ।

संस्थाको संस्थापक राया एनआईसी एसिया बैंकबाट डप्युटेड भई २०७७ कात्तिक ४ गतेदेखि संस्थाको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएका लक्ष्मण चालिसेलाई २०८१ साउन ६ गतेबाट लागु हुने गरी कल ब्याक गरिएको छ ।

रिक्त पदमा साउन ७ गतेबाट लागु हुने गरी जोशीलाई संस्थाको सीईओमा ४ वर्ष कार्यकालका लागि नियुक्त गरेको संस्थाले जानकारी दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal