काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन शुक्रबार सुन प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन अघिल्लो दिन १ लाख ४६ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, आइतबार चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । आज चाँदी १ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय ३० रुपैयाँमा किनबेच भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय १ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्