Skip to content
Prabhu

हिमालय ऊर्जाले साउन २४ देखि हकप्रद सेयर निष्कासन गर्दै

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले साउन २४ देखि शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
उक्त कम्पनीले ९९ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । भदौ ५ गतेसम्म यसमा आवेदन दिन सकिने बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ ।

क्रेडिट रेटिङबाट कम्पनीले बीबी स्तरको रेटिङ पाएको छ । असार १९ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयर भर्न सक्नेछन् । हकप्रद सेयर निष्कासनपछि प्राप्त हुने पुँजीमध्ये सबै खर्च कटाई बाँकी रकम बैंकको दीर्घकालीन ऋणको भुक्तानी गर्ने कम्पनीले जनाएको छ ।

१२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगाावाटको अपर खिम्ती जलविद्युत् आयोजनामा ऋण रकम लगानी गरेको र सोको २ अर्ब ८४ करोड रुपैयाँ ऋण चुक्ता यहीं हकप्रदबाट प्राप्त रकमबाट गरिने कम्पनीले स्पष्ट पारेको छ । बजारमा सूचीकृत यस कम्पनीको हाल मूल्य प्रतिकित्ता २१३ रुपैयाँ छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal