Skip to content
Prabhu

सूर्योदय वोमी लघुवित्तको संस्थापक ६१ हजार ८ सय कित्ता सेयर बिक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीयसंस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको ६१ हजार ८ सय ५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता न्युनतम मूल्य ३ सय ४८ रुपैयाँ तोकिएको छ । सो सेयरहरु खरिद गर्न योग्य इच्छुक विद्यमान संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले साउन १३ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्ने संस्थाले जनाएको छ ।

इच्छुकहरुले एनआईसी एसिया बैंकको कर्पोरेट कार्यालय ट्रेड टावर नेपाल, थापाथली, काठमाडौं, शाखा कार्यालयहरु विराटनगर, मोरङ, आदर्शनगर, वीरगंज, महेन्द्रपुल, पोखरा, श्रवणपथ, बुटवल, हस्पिटल लाइन, धनगढी र विरेन्द्रनगर, सुर्खेतमा बोलपत्र आवेदन फारम पेस गर्नुपर्ने संस्थाले सूचनामार्फत जानकारी दिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal