Skip to content
Prabhu

बाँकेमा प्रदेश सरकारको ३१ प्रतिशत बढी बजेट ‘फ्रिज’

बाँके । बाँकेमा गत आव २०८०/८१ मा लुम्बिनी प्रदेश सरकारको ३१ प्रतिशत बढी बजेट ‘फ्रिज’ भएको छ । प्रदेश सरकारअन्तर्गतका कार्यालयले बजेट खर्च गर्न नसकेपछि फिर्ता भएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारबाट बाँकेका लागि कूल रु. तीन अर्ब ६० करोड ९२ लाख ५६ हजार बजेट विनियोजन भएकामा ६८ दशमलव ९६ प्रतिशत रु. दुई अर्ब ४८ करोड ८८ लाख १२ हजार पाँच सय ९० मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रणक कार्यालयका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारले पुँजीगत खर्चतर्फ रु. दुई अर्ब २२ करोड ८२ लाख २२ हजार विनियोजन गरेकामा ६८ दशमलव ८५ प्रतिशत अर्थात् रु. एक अर्ब ५३ करोड ४१ लाख ७८ हजार चार सय १४ खर्च भएको हो । चालुतर्फ ६९ दशमलव १२ प्रतिशत खर्च अर्थात् विनियोजित बजेट रु. एक अर्ब ३८ करोड १० लाख ३४ हजारमध्ये रु. ९५ लाख ४६ हजार ३४ हजार एक सय ७५ मात्रै खर्च भएको छ ।

प्रदेश सरकारले गत आव २०८०/८१ मा अघिल्ला दुई आवको तुलनामा बजेट कम खर्च गरेको हो । आर्थिक वर्ष २०७८/७९ मा प्रदेश सरकारले चालुतर्फ ७५ दशमलव ५१ प्रतिशत, पुँजीगततर्फ ७८ दशमलव शून्य दुई प्रतिशत र कूल बजेटको ७६ दशमलव ९९ प्रतिशत बजेट खर्च गरेको थियो ।

त्यस्तै आव २०७९/८० मा कुल बजेटको ७३ दशमलव ११ प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले चालुतर्फ ७१ दशमलव ६२ र पुँजीगततर्फ ७४ दशमलव शून्य आठ प्रतिशत बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रणक कार्यालयका प्रमुख कोष नियन्त्रक भण्डारीले बताए ।

आर्थिक वर्ष २०८०/८१ मा बाँकेमा सङ्घअन्तर्गतका कार्यालयहरूले ८६ दशमलव ६४ प्रतिशत पुँजीगत बजेट खर्च गरेका छन् । यो खर्च प्रतिशत त्यसअघिको दुई आवको तुलनामा बढी हो । कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक भण्डारीले जिल्लामा विगतको तुलनामा पुँजीगत खर्च प्रतिशत बढेको बताए।

सङ्घीय कार्यालयतर्फ आर्थिक वर्ष २०७८/७९ मा ७५ दशमलव ३७ प्रतिशत, आव २०७९/८० मा ७७ दशमलव १९ र आव २०८०/८१ मा ८६ दशमलव ६४ प्रतिशत विकास खर्च भएको हो । आर्थिक वर्ष २०८०/८१ मा बाँकेलाई संघीय सरकारले चालु र पुँजीगत गरी कूल रु. १८ अर्ब २४ करोड ७० लाख ९२ हजार चार सय २६ विनियोजन गरेको थियो । त्यसमध्ये पुँजीगततर्फ रु. छ अर्ब १३ करोड २९ लाख १५ हजार सात सय १६ विनियोजन भएकामा रु. पाँच अर्ब ३१ करोड ३४ लाख ६४ हजार नौ सय ६९ रूपैयाँ खर्च भएको हो ।

त्यस्तै चालु तर्फ रु. १२ अर्ब ११ करोड ४१ लाख ७६ हजार सात सय १० विनियोजन भएकामा रु. ११ अर्ब ३५ करोड ९८ लाख ३८ हजार छ सय २१ खर्च भएको प्रमुख कोष नियन्त्रक भण्डारीले जानकारी दिए। अघिल्लो आव २०७९/८० मा चालुतर्फ रु. १२ अर्ब २० करोड २४ लाख २७ हजार सात सय ३० विनियोजन भएकामा रु. ११ अर्ब ५० करोड ४५ लाख ४६ हजार दुई सय १९ खर्च भयो भने पुँजीगततर्फ रु. आठ अर्ब ४५ करोड ८६ लाख एक हजार छ सय ४२ विनियोजन भएकामा रु. छ अर्ब २१ करोड आठ लाख ७६ हजार सात सय २८ खर्च भएको थियो ।

बाँकेमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा राजस्व सङ्कलन वृद्धि भएको छ । सङ्घीय सरकार र प्रदेश सरकार मातहत रहेका जिल्लास्थित कार्यालयबाट आर्थिक वर्ष २०८०÷८१ मा अघिल्लो आवको तुलनामा राजस्व सङ्कलन वृद्धि भएको कोष तथा लेखा नियन्त्रणक कार्यालयका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारीले जानकारी दिए।

उनका अनुसार, सङ्घतर्फ गत आर्थिक वर्ष २०८०÷८१ मा बाँकेमा रु. २५ अर्ब दुई करोड १० लाख १८ हजार पाँच सय २० राजस्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा रु. २४ अर्ब ५९ करोड २६ लाख ६९ हजार एक सय ३० राजस्व सङ्कलन भएको थियो ।

प्रदेशतर्फ गत आर्थिक वर्ष २०८०/८१ मा रु. ९२ करोड तीन लाख ४६ हजार आठ सय ४४ राजस्व सङ्कलन भएको छ । त्यसअघिको आव २०७९/८० मा रु ८३ करोड छ लाख ९२ हजार दुई सय २४ राजस्व सङ्कलन भएको थियो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal