Skip to content
Prabhu

सेयर बजार २७ महिनाकै उच्च विन्दुमा आयो, अब पूरै बजार चलायमान हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार बनेपछि सेयर बजारमा उत्साह आएको बताएका छन् ।

आज संसदमा विश्वासको मत लिनेक्रममा बोल्दै उनले वर्तमान सरकारप्रतिको विश्वासकै कारण सेयर बजारमा उत्साह छाएको बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘अर्थतन्त्रको ऐना मानिने सेयर बजार ४ सय अंकले बढिसकेको छ । सेयर बजार २७ महिनाकै यता आएको छ । यो हाम्रो सरकार बनेपछि भएको हो । हाम्रो सरकारप्रतिको विश्वासकै कारण यो सम्भव हो । अब सेयर बजारमात्र होइन, पूरै बजार चलायमान बनाइनेछ ।’

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal