Skip to content
Prabhu

आइतबार ६१.६१ अंकले बढ्यो नेप्से, कारोबार रकम १५ अर्ब २३ करोड

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६१.६१ अंकले बढेर २४८५.९४ मा पुगेको हो । त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १३.५३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.३३ अंक र सेन्सेटिभ इण्डेक्स ४.३३ अंक बढेको छ।

आज ३१५ कम्पनीको ४ करोड ११ लाख ९५ हजार ५ सय ३४ कित्ता सेयर किनबेच हुँदा १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार २ सय ९० रुपैयाँ ९८ पैसा कारोबार भएको छ ।

आइतबार १८१ कम्पनीको सेयर मूल्य बढेको छ भने ५६ कम्पनीको सेयर मूल्य घटेको छ र ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आइतबार सोल्टी होटल लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ । होटलको ३४ करोड १० लाख ९६ हजार ३ सय ७ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ५ सय १२ रुपैयाँ रहेको छ ।

साथै, आज ४ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal