Skip to content
Prabhu

प्रधानमन्त्री ओलीले पाए संसदमा दुईतिहाइ मत

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌बाट दुईतिहाइ मत पाएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट उनले १ सय ८८ मत पाएका हुन् । दुईतिहाइ मत पुग्न सदनमा १ सय ८४ मत आवश्यक पर्छ ।

प्रधानमन्त्री ओलीलाई कांग्रेस, एमालेसहित जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपालबाट, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र दुई स्वतन्त्र सांसदले मत दिए ।

उनको विपक्षमा ७४ मत परेको छ । नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा(एकीकृत समाजवादी), आम जनता पार्टीले ओलीलाई मत दिएनन् । यस्तै, एकजना सांसद तटस्थ रहे ।

कुल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा आज २ सय ६३ सांसद उपस्थित ‍थिए । ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका हुन् । संविधान संशोधनसिहत राजनीतिक स्थिरतादाई प्रमुख एजेन्डा बनाएर संसद्को पहिलो दल नेपाली कांग्रेसको सहयोगमा उनी प्रधानमन्त्री बनेका हुन् ।

यी दुई दलबीच असार १७ गतेको मध्यरातमा सातबुँदे सहमति भएको थियो । उनी नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री बनेका हुन् । संविधानको सोही धाराको उपधारा ४ बमोजिम ओलीले विश्वासको मत लिएका हुन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal